बर्दिया । बर्दियाको बढैयाताल गाँउपालिका ३ सतपतियामा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्।
गएराति भे १ क १४ ९५ नम्बरको टिपर अनियन्त्रित भई घर अगाडी आगो तापिरहेका ५ जनालाई एकैसाथ ठक्कर दिएको थियो । दुर्घटनामा स्थानीय ४५ वर्षीय सोमबहादुर विकको घटनास्थलमै र ४५ वर्षीय रामु थारुको उपचारको क्रममा नेपालगञ्ज नरसिङहोममा गएराति पौने १० बजे मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षीया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ का १९ वर्षीय लक्ष्मण सुनारको उपचार भइरहेको छ। टिप्पर चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मैनापोखरले जानकारी दिएको छ। नागरिक खबरबाट