बाँके । सरकारले तीनै तह (संघ, प्रदेश र स्थानीय) तहको चुनाव गराउने तयारी गरेको छ। विपक्षी दलहरूले पनि चुनावका लागि दबाब सिर्जना गर्न थालेका छन् तर अर्को चुनाव आउँदासम्म पनि २०७४ सालमा भएको संघ र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका उम्मेदवारले आफ्नो खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छैनन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसारका प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएका तीन र प्रदेशसभा सदस्यका लागि उम्मेदवार भएका सातजना उम्मेदवारले अझै पनि निर्वाचन आयोगको कार्यालयमा खर्च विवरण बुझाएका छैनन्। निर्वाचनका बेला उम्मेदवारले धेरै खर्च गर्ने हुँदा निर्वाचन आयोगले खर्च मापदण्ड बनाएको थियो। सोहीअनुसार खर्च गरेरनगरेको उम्मेदवारले निर्वाचन आयोगमा खर्च विवरण बुझाउनुपर्छ।
निर्वाचन क्षेत्र १(क)मा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट उम्मेदवार बनेको नन्कु गोडिया, निर्वाचन क्षेत्र २(ख) मा संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका प्रमोदकुमार यादव र सोही निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट उम्मेदवार प्रेमबहादुर थापा क्षेत्र, निर्वाचन क्षेत्र ३(ख) मा स्वतन्त्रबाट उम्मेदवार बनेका जकिर खाँ, नेकपा (माक्सवादी)का उम्मेदवार नन्कउ खाँ पठान, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट उम्मेदवार भएका बुधे बुढा र निर्वाचन क्षेत्र २(क) मा देशभक्त जनगणतान्त्रिक पार्टीका उम्मेदवार ठाकुरप्रसाद काफ्लेले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खुम सुवेदीले जानकारी दिनुभयो।
त्यस्तै उहाँका अनुसार प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर १ मा सोही पार्टीबाट उम्मेदवार बनेका ऋषिराम थारु र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का तर्फबाट उम्मेदवार भएका पंकजकुमार शर्माले खर्च विवरण बुझाएका छैनन्।nagariknews.nagariknetwork