सिंहदरबार नजिक कालो बेलुन उडाएर विरोध

काठमाडौं। स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारले ढिलाइ गरेको विरोधमा युवा संघले सिंहदरवार नजिक कालो बेलुन उडाएको छ । आइतबार सिंहदरवारको दक्षिण गेट र माइतीघर क्षेत्रबाट कालो बेलुन उडाएर विरोध गरेको हो ।

यस्तै युवा संघले पेट्रोलियम पदार्थमा भएको मूल्‍य वृद्धिकोसमेत विरोध गरेको छ ।स्थानीय तह र मूल्‍य वृद्धिको विरोध गर्ने युवा संघका तीनजना कार्यकर्तालाई सिंहदरवार क्षत्रेबाट प्रहरीले पक्राउ गरेको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार