काठमाडौँ । ललितपुर महानगरपालिकाले रिङरोड खण्डमा साइकल लेन बनाउने टेन्डर आह्वन गरेको छ । महानगरपालिकाले सोमबार आह्वन गरेको टेण्डरमा करिब दुई करोड रुपैयाँमा साइकल लेन बनाउने गरी प्रसताव मागको सूचना जारी गरेको हो ।
महानगरपालिकाले एक करोड ९४ लाख २८ हजार एक सय ३४ मा टेन्डर आह्वान गरेको हो । यस्तै, सोही टेण्डर सूचनामा महानगरपालिकामा यसअघि नै भएका साइकल लेनमा पुनः रंग लगाउन पनि टेन्डर आह्वन गरिएको छ । सूचनाअनुसार ४९ लाख ३३ हजार सात सय आठ रुपैयाँमा महानगरभित्रका पहिला नै साइकल लेन बनिसकेको स्थानमा पुनः मर्मत गर्नुपर्ने छ । नागरिक खबरबाट


























