मकवानपुर । पूर्व उपप्रधानमन्त्री कमल थापाले राप्रपा त्याग्नुभएको छ । उहाँले गृह जिल्ला मकवानपुर आएर हेटौँडा–१० स्थित प्रकाश होटलमा पत्रकार सम्मेलन गर्दै राप्रपाबाट अलग भएको घोषणा गर्नुभएको हो ।
पार्टीबाट अलग हुने घोषणा गर्नु पूर्व थापाले पार्टीका कार्यकर्ताहरुसँग पनि भेटघाट गर्नुभएको थियो । थापाले कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै विगतदेखि राप्रपाले उडाउँदै आएको राजतन्त्रको एजेण्डाका तर्कहरू कमजोर भएको बताउनुभएको छ । उहाँले पार्टीको आन्तरिक विषयमा राजा, राजाको सचिवालय र निर्मल निवासबाट भएको हस्तक्षेपले राप्रपाले उठाएको राजतन्त्रको एजेण्डाको नैतिक धरातल नै कमजोर भएको बताउनुभयो।
विगत देखि नै राप्रपा सक्रिय राजतन्त्रको पक्षमा नरहेको भन्दै थापाले निर्मल निवासले पटक पटक राप्रपाको आन्तरिक गतिविधिमा हस्तक्षेप गर्दै आएको उहाँको भनाई छ । राप्रपालाई कमजोर पार्ने काम राजाबाट नै भएको भन्दै यसको फाइदा अन्य दलहरूलाई पुगेको उहाँले बताउनुभयो । राप्रपालाई कमजोर बनाउने काम राजाबाट नै भयो । यसको फाइदा कसलाई भयो त रु हिजो हामीले शून्यबाट सुरु गरेको पार्टी आज यो स्थान सम्म ल्याएका थियौ ।
यसका लागि कयौँ कार्यकर्ताको रगत पसिना बग्यो । हामी सक्रिय राजतन्त्रको पक्षमा छैनौँ । हामीलाई कयौँ ठाउँमा बायस पनि भयौ कारण थियो राजतन्त्रको एजेण्डा । पार्टी नेतृत्वमा जसले जिते पनि राजतन्त्रको एजेण्डा त एउटै थियो अनि किन बारम्बार राजाबाट पार्टीमा हस्तक्षेप हुने रु’ उहाँले प्रश्न गर्नुभयो ।
राप्रपाको ३१ वर्षको यात्रामा चरणबद्ध रूपमा पार्टी भित्र राजाबाट हस्तक्षेप भए । अनेक गरेर पार्टीलाई एक ढिक्का बनाउन पहल गर्दा पनि राजाबाट नै बारम्बार पार्टी फुटाउने काम भए तर हामीले त्यसलाई सामान्य मानेर अघि बढेको थापाले बताउनुभयो । थापाले राजाबाट पछाडिबाट छुरा हान्ने काम भएको पनि बताए । उनले आगामी दिनमा नयाँ ढङ्गबाट राजनीतिक यात्रा सुरु गर्ने बताउनुभयो । नयाँ राजनीतिक यात्रा राप्रपाको विभाजन नभई नयाँ विचारधाराको हुने उहाँको भनाई छ ।
‘राप्रपा फुटाउने प्रयत्न मैले गरेको होइन, म नयाँ विचारधारामा लागेको हुन । निर्मल निवास मेरो राजनीतिक जीवन समाप्त पर्ने काममा लागेको छ तर म त्यसो हुन दिन्न । अहिलेको आलो काँचो नेतृत्वले राप्रपाको संवर्द्धनवा स्थापित गर्न सक्दैन । यसले यो संवर्द्धनवाद बुझेको पनि छैन । यसलाई स्थापित गराउनु मेरो राजनीतिक जीवनको प्रमुख लक्ष्य हो । यो स्थापित हुन सकेन भने मेरो राजनीतिक यात्राको इतिहास बेकार हुनेछ । त्यसैले मेरो यात्रा नयाँ गन्तव्य तर्फ मोडिएको छ ।’ उहाँले भन्नुभयो ।
पार्टीको ३१ वर्षको यात्रामा कयौँ पटक हार व्यहोर्दै आएकोले हारबाट विचलित भएर पलायन हुने चरित्र आफ्नो नभएकाले हार र जित गौण विषय भएको उहाँले बताउनुभयो। प्राविधिक रूपमा मात्र आफूले निर्वाचनमा पराजय भोग्नु परेको भन्दै थापाले भन्नुभयो, ‘निर्मल निवासको निर्देशनमा नियोजित ढङ्गबाट पार्टीको केन्द्रीय महाधिवेशनमा ४०० भन्दा बढी मतहरू बदर गराइयो । बदर मतको सङ्ख्यालाई पनि हेर्ने हो भने मैले चुनाव जितेकै हो । चुनावमा यसबारे हामी सजग हुन सकेनौँ ।’
उहाँले पार्टी भित्रको राजाको हस्तक्षेप साधारण कुरा नभएको बताउनुभयो । भोलिका दिनमा राप्रपालाई यस्तो कदमले समस्यामा पार्ने उहाँको भनाई छ । ‘निर्मल निवास केवल एक नागरिकको बसोबास गर्ने घर हैन । त्यसलाई हामीले राजसंस्थाको सचिवालयको रूपमा हेरेका छौँ, हामीले परिकल्पना गरेको राजसंस्था अभिभावक चुनावीभन्दा माथि उठेको माओवादीसम्मलाई चित्त बुझ्ने सेरेमोनियल राजा हुनुपर्छ भन्ने हो । तर, त्यसको विपरीत निर्मल निवास सक्रिय भएर राजसंस्थाको प्रतिनिधिहरूको हस्तक्षेप भयो । यो साधारण विषय होइन ।’ रातोपाटीबाट






















