संसद बैठक अध्यक्षता गर्न कर्णाली प्रदेश सभाका पाँच सांसद मनोनीत

सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक अध्यक्षता गर्ने गरी पाँच जना सांसदलाई मनोनीत गरिएको छ। सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेश सभा नियमावली २०७४ को नियम ११ (२) अनुसार पाँच जना सांसदलाई बैठकको अध्यक्षता गर्ने गरी मनोनीत गर्नुभएको हो।

सांसदहरू दीनबन्धु श्रेष्ठ, देवी ओली, मिनासिंह रखाल, रातो कामी र सोशिला शाहीलाई मनोनीत गरिएको हो । मनोनीत हुनुभएको सांसदले प्रदेश सभाका सभामुख र उपसभामुख दुवैको अनुपस्थिति भएको अवस्थामा संसद बैठकको अध्यक्षता गर्नुहुनेछ ।

प्रदेश सभा नियमावली २०७४ को ११ मा अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने व्यवस्था छ। ११ (१) मा बढीमा पाँच जना त्यस्ता सदस्य मनोनीत गर्न पाइने व्यवस्था छ । नियम ११ उपनियम २ मा मनोनीत सदस्यले बैठकको अध्यक्षता गर्दा सभामुखले प्रयोग गर्न पाउने सबै अधिकार प्रयोग गर्न पाउने व्यवस्था छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार