राप्रपाको पदाधिकारी बैठक सुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, महामन्त्री डा।धवल शमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही र प्रदेश समितिका अध्यक्ष सहभागी हुनुहुन्छ ।

बैठकमा समसामयिक राजनीतिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी लगायतका विषयमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले गत मंगलबार राप्रपा परित्यागको घोषणा गर्नुभएको थियो । राप्रपाको पदाधिकारी बैठकमा यस विषयमा पनि छलफल हुने स्रोतको भनाइ छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार