काठमाडौँ । कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुले सर्वोच्चमा देखिएको गतिरोध अन्त्यका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता गरिएको बताउनुभएको छ । न्यायालयमा देखिएको गतिरोध हटाउन आग्रह गर्दा प्रधानन्यायाधीश जबराले नमानेपछि महाभियोग बाटो अवलम्बन गर्नुपरेको उहाँको भनाइ छ ।
न्यायालयमा देखिएको गतिरोध अन्त्य गर्नका लागि हामीले उहाँलाई (प्रधानन्यायधीशलाई) अग्रता गरेका थियौँ । तर उहाँले म जुन बाटो आएको थिएँ, त्यही बाटो जान्छु भन्नुभयो । त्यही भएर हामीले संवैधानिक बाटो रोज्यौँ,’ बडु भन्नुभयो । उहाँले महाभियोग प्रक्रियामा अघि बढेको बताउँदै यो बिस्तारै पास हुने पनि बताउनुभयो ।
यसमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि साथ दिने विश्वास व्यक्त गर्नुभयो । ‘यो काँग्रेस, एमाले वा माओवादीको विषय होइन । यो न्यायालयलाई गति दिने कुरा हो । यसमा एमालेले पनि साथ दिन्छ भन्ने विश्वास छ,’ उहाँले भन्नुभयो । रातोपाटीबाट