काठमाडौँ । नेपाल निजामति कर्मचारी युनियनको नयाँ नेतृत्व चयनका लागि यही फागुनको २१ गतेदेखि २३ गतेसम्म महाधिवेशन हुने भएको छ । कोरोना संक्रमणका कारण गत माघ ८–१० का लागि तय भएको महाधिवेशन स्थगित भएको थियो ।
त्यतिबेला नै महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको युनियनले कोरोना संक्रमण बढ्दै गएकाले प्रशासनले भीडभाड हुने कार्यक्रममा रोक लगाएपछि स्थागित भएको थियो । सो बेला युनियनको भर्चुअल बैठकले माघ महिनाभरका लागि महाधिवेशन स्थगित गरेको थियो ।
अहिले अवस्था सहज भएकाले फागुन २१–२३ का लागि तय गरिएको हो । युनियनको आइतबार बसेको भर्चुअल बैठकले महाधिवेशनको मिति तय गरको उपमहासचिव दुर्गाप्रसाद फुयाँलले जानकारी दिनुभयो । युनियनको बर्तमान कार्यसमितिको म्याद चैत्रसम्म मात्र भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर महाधिवेशन गर्ने तयारी गरेको जनाइएको छ । रातोपाटीबाट