कामु प्रधानन्यायाधीश कार्कीले बोलाए फुल कोर्ट बैठक

काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज ‘फुलकोर्ट’को बैठक बोलाउनुभएको छ ।महाभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बित भएपछि कायम मुकायम प्रधानन्यायाधीश बनेका कार्कीले सोमबार फुलकोर्ट बैठक बोलाउनुभएको हो ।

बैठकमा जबरालाई महाभियोग लागेपछि विकसित घटनाक्रमबारे छलफल हुने छ । पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन आन्दोलनरत बनेपछि दुई धारमा बाँडिएका न्यायाधीशहरु सोमबारको फुलकोर्ट बैठकमा सहभागी हुने भएका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार