गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीशमाथि महाभियोग : महरा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशमशेरमाथि महाभियोगको प्रस्ताव दर्ता भएको बताउनुभएको छ।

सोमबार बिहान बर्दियाको सदरमुकाम गुलरियामा पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले न्याय क्षेत्रमा बेथिति बढ्दै गएपछि त्यसको समाधानका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको उल्लेख गर्नुभयो । पूर्व सभामुखसमेत रहनुभएका नेता महराले राष्ट्रिय हित बिपरित एमसिसी पास हुन नसक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘संशोधन र परिमार्जनबिना एमसिसी पास हुन सक्दैन ।’

कार्यकर्ताले राखेको जिज्ञासामा उनले पार्टी शहरीया र वुर्जुवाकरण हुँदै गएकोमा चिन्तासमेत व्यक्त गर्नुभयो । पुस्तकले क्रान्तिको मूल्यबोध गराउनुका साथै माओवादी आन्दोलनलाई संस्थागत गर्नमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। फागुन १ गते जनयुद्ध दिवसको अवसरमा आयोजित बारबर्दियामा भएको कार्यक्रमलाई सम्बोधन गर्न आइतबार बर्दिया आइपुग्नुभएको हो। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार