पत्रकार बाहिर निकालेर ओलीको सम्बोधन

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा जारी बैठकमा दलका नेता तथा अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहनुभएको छ ।

बैठक स्थलबाट पत्रकार बाहिर निकालेर नेता ओलीले सम्बोधन थाल्नुभएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछिको अवस्थाबारे धारणा बनाउन एमाले दलको बैठक बसिरहेको हो ।

साथै सोमबारका लागि सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको एमालेको जारी दलको बैठकमा जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे छलफल हुनेछ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार