काँग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने

काठमाडौं । पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

मंगलबार बिहान ९ बजे संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्ने गृहमन्त्री तथा काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो । बैठकमा प्रधानन्यायाधीश माथिको महाअभियोग र एमसीसीका विषयमा छलफल हुने उहाँँले जानकारी दिनुभयो। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार