
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नका लागि बालुवाटार पुग्नुभएको छ । सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठक सके लगत्तै प्रचण्ड बालुवाटार पुग्नुभएको हो ।
माओवादीले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको छ । बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले संसदमा एमालेको जारी अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निष्कर्ष पनि निकालेको छ । प्रचण्डले बैठकको निर्णय प्रधानमन्त्री देउवालाई सुनाउने छन् ।
‘प्रधानमन्त्रीले बोलाउनु भएको छ, म भेट्न जाँदैछु । बैठक रोक्न आग्रह गर्छु । वहाँले जबरजस्ती टेबल गर्ने प्रयास गरे आजै सरकारबाट अलग भएको घोषणा हुन्छ,’ सांसद रामेश्वर राय यादवले बैठकमा प्रचण्डको ब्रिफिङ उदृत गर्दै भन्नुभयो । रातोपाटीबाट