एमसिसीविरूद्धको सडक प्रदर्शनमा नारायणकाजी श्रेष्ठ पनि

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा प्रदर्शन गर्न निस्किनुभएको छ ।

बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा माओवादी केन्द्रका भातृ संगठनहरूले एमसिसीविरूद्ध प्रदर्शन गरिएका छन् बानेश्वरमा भइरहेको प्रदर्शनमा श्रेष्ठ सहभागी हुनुभएको हो।

उहाँका सहयोगी सुरेशकाजी श्रेष्ठले प्रदर्शनमा सहभागी भएको तस्बिर सामाजिक सञ्जालमा हाल्नुभएको छ । नारायणकाजीको छेउमा उभिएका युवाहरूले निधारमा ‘नो एमसिसी’ लेखिएको पट्टी बाँधेको देखिन्छ। माओवादीभित्र श्रेष्ठले एमसिसी परियोजनाको विरोध गर्दै आउनुभएको छ । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार