
काठमाडौँ । नेकपा (एमाले)का सांसद भीम रावलले एमसीसी नेपालको हितमा छ भन्नेलाई आफूसँग बहसमा आउन चुनौती दिनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले एमसीसीका केही बुँदा राष्ट्रहितविपरीत रहेको भन्दै संशोधन नगरी अनुमोदन गर्न नसकिने बताउनुभयो ।
भीम रावलकै कारण एमसीसीको विरोध भएको भन्ने व्यक्तिलाई चुनौती दिँदै उहाँले भन्नुभयो, ‘एमसीसीका सम्झौता, यससँग सम्बन्धि अन्य सम्झौताका बुँदा बुँदामा बहस गर्न आउन चुनौती दिन्छु ।’ नागरिक खबरबाट