कांग्रेसले गठबन्धनभित्र छलफल नगरी एमसीसी अनुमोदन गर्ने निर्णय गर्‍यो : देव गुरुङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संशोधन र परिमार्जनबिना यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले गठबन्धनभित्र छलफल नगरी कांग्रेसको एकल निर्णयमा एमसीसी अनुमोदन प्रस्ताव पेस नहुने बताउनुभएको हो ।

प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा विरोध गरिरहेका बेला सरकारले पेस गर्ने प्रस्तावसहितका विषयमा गठबन्धनभित्र छलफल गर्नुपर्ने उहाँको भनाइ छ ।कांग्रेसले गठबन्धनभित्र छलफल नगरी एमसीसी अनुमोदन प्रस्ताव पेस गर्ने निर्णय गरेको भन्दै उहाँले तर, यसलाई रोकिएको बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार