
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे बिहीबारै निर्णयमा पुग्ने बताउनुभएको छ ।
बिहीबार अपरान्ह नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’सँगको भेटपछि नेता नेपालले एमसीसी अनुमोदन गर्ने नगर्ने विषयमा बिहीबार ५ बजे निर्णयमा पुग्ने बताउनुभएको हो ।
सञ्चारकर्मीले एमसीसी के गर्नुहुन्छ भन्ने राखेको जिज्ञासामा अध्यक्ष नेपालले भन्नुभयो, ‘आजै ५ बजे बस्ने गठबन्धनको बैठकमा निर्णयमा पुग्छौँ ।’सत्तारुढ गठबन्धनको बिहीबार ५ बजे बैठक बस्दै छ । नागरिक खबरबाट