
काठमाडौँ । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने भएको छ । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी आजै टेबल गर्न सहमति जुटेको र आजै टेबल हुने सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।
‘एमसीसी आजै टेबल हुन्छ, संसदमा टेबल भएपछि त्यहीबाट प्रतिपक्षको धारणा खोजिन्छ’, गठबन्धनको बैठकपछि मन्त्री कार्कीले सञ्चारकर्मीमाझ भन्नुभयो । यसअघि एमसीसी टेबल गर्ने कि नगर्ने भन्नेमा सत्ता गठबन्धनमा फरक फरक धारणा रहदै आएको थियो । रातोपाटीबाट