
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहित तीन सांसदले सभामुख अग्नि सापकोटालाई पत्र लेखेर एमसीसी टेबल गर्ने निर्णयमा असहमति जनाउनुभएको छ ।
नेता देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्तीले सभामुखलाई संयुक्त पत्र लेख्दै एमसीसी टेबुल गर्ने विषयमा असहमति जनाउनुभएको हो । राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनको सुनिश्चितता पनि नभएको र संसद अवरुद्ध रहेको भन्दै उनीहरुले एमसीसी संसदमा टेबल गर्ने विषयमा आफूहरुको गम्भीर असहमति रहेको उल्लेख गर्नुभएको छ । अनलाइनखबरबाट