कांग्रेस र एमाले मिल्दा मात्र देशले निकास पाउँछ : पूर्वराजदूत आचार्य

काठमाडौं । भारतका लागि नेपालका पूर्वराजदूत निलाम्बर आचार्यले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दामात्र मुलुकले निकास पाउने बताउनुभएको छ ।

समवेत दृष्टि नामक पुस्तक विमोचन कार्यक्रममा पूर्वराजदूत आचार्यले भन्नुभयो, ‘जबजब कांग्रेस र एमाले प्रतिस्पर्धासहित सँगसँगै आउँछन्, देशले निकास पाउँछ । असमझदारी बढ्दा समस्या झन् बल्झिँदै जान्छ ।’अहिले अदालतदेखि संसदसम्म समस्या रहेको भन्दै उनले कांग्रेस र एमाले सँगसँगै आउनुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री ओलीको प्रशंसा गरेका उनले ओलीजत्तिको उचाइ भएको नेता अर्को नभएको बताउनुभयो ।आचार्यले भन्नुभयो, ‘ओली नेपालको सबभन्दा अग्लो नेताका रुपमा हुनुहुन्छ । अग्लो नेता हुन सजिलो छैन , किनकी पदमा हुँदा होस्, नहुँदा होस् जिम्मेवारी पनि अग्लो हुन्छ ।’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार