
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयले एमालेलाई समाप्त गर्ने दुस्साहस गरेको आरोप लगाउनुभएको छ ।
भक्तपुरमा बुधबार भएको कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो, ‘सर्वोच्चका चार जना न्यायाधीशले एमालेलाई पछार्ने प्रयास गरे, तर एमालेले आफ्नो खुट्टा टेकिसकेको छ ।’ सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन मुद्दामा निर्वाचित सरकारलाई हटाउँदै परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेको थियो ।
अध्यक्ष ओलीले एमालेले युद्ध हारेको तर मोर्चा नहारेकोसमेत उल्लेख गर्नुभयो । आत्मविश्वाससहित अध्यक्ष ओलीले आफ्नो ‘मेरो जून हरायो’ कविताको प्रसङ्ग उठाउँदै आफू पुनः शक्तिमा आउने सङ्केत गर्नुभयो । नागरिक खबरबाट