सरकारको आग्रहमा संसद बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको संसद बैठक स्थगित भएको छ । सरकारको आग्रहमा बैठक स्थगित भएको हो । बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

बैठक स्थगित भएकोबारे संसद सचिवालयले केहीबेरमा सूचना जारी गर्दैछ । शीर्ष नेताहरुबीच एमसीसीका सन्दर्भमा सहमति जुटाउने प्रयास जारी छ । बिहीबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच एमसीसीका सन्दर्भमा सहमति जुटाउने विषयमा भेटवार्ता छलफल भएको थियो। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार