प्रधानमन्त्रीले ‘ब्ल्यांक चेक’ माग्नुभएको छ, एमालेले दिँदैन : भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले गठबन्धनमा असफल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग ब्ल्यांक चेक मागिरहेको बताउनुभयो ।

‘एमाले विपक्षी दल हो, हाम्रो आफ्नै मागहरू छन्, हाम्रा माग पूरा भए हामी सहयोग गर्न सक्छौँ,’ बिहीबार संसद् भवनबाट बाहिरिँदै गर्दा भट्टराईले भन्नुभयो, ‘तर एमालेले ब्ल्यांक चेक दिँदैन ।’

उहाँले अहिले देखिएको गठबन्धनको असफलताले मुलुकलाई अन्तर्राष्ट्रियरुपमा बेइज्जत गराएको बताउनुभयो । ‘गुटमा संकट आए पार्टीमा थोपर्ने, पार्टीमा संकट आए गठबन्धनमा थोपर्ने र गठबन्धनको संकटलाई राष्ट्रिय संकट ठान्ने काम गरिएको छ, तर वास्तवमा यो गठबन्धनको सर्वथा असफलता हो,’ भट्टराईले भन्नुभयो, ‘यसले मुलुकलाई अन्तर्रार्ष्टियरुपमा बेइज्जत गरेको छ । यसको सबै जिम्मा गठबन्धनले लिनुपर्छ ।’ ekantipurबाट

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार