
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले आफूहरू अमेरिका विरोधी नभएको र अनुदान पनि चाहिएको बताउनुभएको छ । तर, यथास्थितिमा एमसीसी पास गर्न नसक्ने समेत उहाँले बताउनुभयो ।
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका सांसद पोखरेलले आफूहरू यथास्थितिमा एमसीसी पास गर्न हुँदैन भनेर लागेको बताउनुभयो । ‘हामी अमेरिका विरोधी होइनौं, हामीलाई विकास पनि चाहिएको छ ।
साँच्चै अनुदान हो भने त्यो पनि चाहिएको छ’ उहाँले भन्नुभयो, ‘तर अनुदानका वा विकासका नाममा जे कुरा पृष्ठभागमा आएको छ, त्यो बुझिदिनुपर्यो ।’ उहाँको प्रश्न छ, ‘यदि अनुदान हो भने पास गरे भनेर किन हाम्रा राष्ट्रिय नेताहरूलाई धम्की दिँदै हिँडेको रु’सम्झौतामा जे छ, त्यही पास गरे भनेर भनिएको र संसदलाई रबर स्ट्याम्प बनाउन खोजेको भन्दै उहाँले यथास्थितिमा पास गर्न नसकिने बताउनुभयो । अनलाइनखबरबाट