काठमाडौं । नेकपा(एमाले)ले आज स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउँदैछ । त्यसका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा मध्याह्न साढे १२ बजे पार्टीको प्रतिनिधिमण्डल आयोग जाँदैछ ।
सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि निर्वाचन आयोगले यही फागुन ५ देखि १५ सम्म दल दर्ताको समय तोकेको छ । अनलाइनखबरबाट