
काठमाडौं । व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णयप्रति नेता नारायणकाजी श्रेष्ठले असहमति र आपत्ति जनाउनुभएको छ ।
पाँच दलीय गठबन्धन बैठकको निर्णय सार्वजनिक भएलगत्तै नेता श्रेष्ठले भन्नुभयो, ‘५ दलीय गठबन्धनमा अध्यक्ष क. प्रचण्डले ब्याख्यात्मक घोषणा सहित एमसिसि सम्झौता अनुमोदन गर्ने जानाकारी गराउनु भएको छ । यो ‘निर्णय’प्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ ।’
नेता श्रेष्ठ लगायतका नेताहरुले आज बिहान बसेको माओवादी केन्द्रको बैठकमा समेत असहमति जनाइसकेका छन् । एमसीसी अनुमोदनका लागि दिइने सहमति महाधिवेसनको म्याण्डेटविरुद्ध भएको समेत उहाँको भनाइ छ । उहाँले ट्वीट गर्नुभउको छ , ‘आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरुले मतभेद राखि सकेका छौं । यो महाधिवेशनको बिरुद्ध छ र गलत छ ।’ नागरिक खबरबाट