
काठमाडौं । नेकपा एस (एकीकृत समाजवादी)को स्थायी कमिटि बैठक आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ ।
बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे पार्टीको साझा धारणा तय गरिने जनाइएको छ । नेकपा एस एमसीसीको विपक्षमा उभिने भने पनि पार्टीभित्र दुई धार देखिएको छ ।
अध्यक्ष माधव कुमार नेपाल यसको समर्थनमा छन् भने सम्मानित नेता झलनाथ खनाल विपक्षमा उभिनुभएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल हुने भएपछि साझा धारणा बनाउन बैठक डाकिएको पार्टीका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । नागरिक खबरबाट