एमसिसीबारे संशोधनका बुँदा आउनु सकारात्मक : गुरूङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङले एमसिसीबारे राजनीतिक दलहरूले सहमति गर्दै सरकारले संशोधनका बुँदा ल्याए त्यो सकारात्मक हुने बताउनुभएको छ ।

आज प्रतिनिधि सभा बैठकमा एमसिसीबारे सैद्धान्तिक छलफलमा भाग लिँदै गुरूङले एमसिसीबारे व्याख्यात्मक टिप्पणी एमसिसीलाई स्वीकार्य हुन्छ कि हुन्न भन्ने प्रश्न पनि रहेको बताउनुभयो।

‘दलहरूका बीचमा के सहमति भएको हो मन्त्रीजीले अवश्य ल्याउनुहुनेछ,’ उहाँले भन्नुभयो, ‘आपसी सहमतिका आधारमा अगाडि बढौं । आर्थिक परियोजनामा विमति होइन।’आजै बसेको माओवादी केन्द्रको संसदीय दल र पूर्वस्थायी कमिटी बैठकले पनि एमसिसी पारित गर्ने निर्णय गरेको थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार