एमाले र जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ । नेकपा (एमाले) तथा जनता समाजवादी पार्टी (जसपा) का आधा दर्जन बढी नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ।

बुधबार बिहान उनीहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले निजी निवास खुमलटारमा स्वागत गर्नुभएको हो । यसरी प्रवेश गर्नेहरुमा एमाले बारा जिल्लाका निवर्तमान जिल्ला कमिटी सदस्य केदार गौतम, एमाले निजगढ नगरकमिटी सदस्य मोहन डिसी, रमेश गौतम र राष्ट्रिय युवा परिषद् मधेस प्रदेश सञ्जालको संयोजक श्याम शाह रहनुभएको छ ।

यसैगरी, निजगढ नगरपालिका–१२ का जसपा निकट गलैचा श्रमिक संघ संगठनका केन्द्रीय सहसचिव किरण लामा, बुद्ध थिङ, निजगढ नगरपालिका–१२ निवासी बाबु थिङ, आदर्श कोतवाल गाउँपालिकाबाट स्थानीय निर्वाचनमा अध्यक्षका प्रत्यासी एवम् एमाले जिम्म कमिटी सदस्य लालबाबुप्रसाद यादवलगायत नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार