धनिलाल गर्बुजा
दर्मिजा २० फागुन । म्याग्दीको रघुगंगा गाँउपालिका–४ स्थित दर्मिजामा एक घर जलेर नष्ट भएको छ। बिहिबार राती करिब १२ बजे तिर अचानक आगलागी हुँदा दर्मिजाका स्थानिय थप्रसाद गर्बुजाको घर जलेर पुर्ण रुपमा नष्ट भएको हो। आगलागी भए पश्चात स्थानियबासी मिलेर रातीको एक बजे तिर आगो नियन्त्रण गरिएको थियो। घटना स्थलमा जिन्सी बाहेक कुनै मानविय क्षति नभएको वडा नम्बर ४ का वडा सदस्य धनप्रसाद गर्बुजाले जानकारी गर्नु भयो।

अस्थायी प्रहरी चौकी चिमखोलाका अनुसार आगलागी हुँदा घर भित्र रहेका धान, कोडो, मकै झन्डै २१ मुरी खाद्यान्न, लत्ताकपडा, भाडाँकुडा पुर्ण रुपमा क्षति भएको र आगलागीको कारण अनुसन्धान भईरहेको प्रहरी ह. लालसिङ चौधरीले जानकारी दिनु भयो।


























