
विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गठबन्धन सरकार निर्माणका मात्र नभएर अहिलेको जनताको र राष्ट्रको आवश्यक्ता भएको प्रष्ट पार्नुभयो ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले गठबन्धन दलहरूको सुझबुझअनुसार मुलुक ठूलो दुर्घटनाबाट जोगाउन साथै एमसीसी संसदबाट पास गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । उहाँले मुलुकको राजनीतिक समाधानमा गठबन्धन दलले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै विगतमा आफ्नो पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीले संविधान निर्माणमा १६ बुँदे सम्झौता गरेको जानकारी दिनुभयो । नेता गच्छदारले एमसिसी विशुद्ध विकास परियोजना भएको चर्चा गर्दै गठबन्धन दलहरुले पार्टीको स्वार्थभन्दा माथि उठी यसलाई पास गराउन सहयोग पु¥याएको धारणा व्यक्त गर्नुभयो । रातोपाटीबाट