
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुक अर्लि इलेक्शनमा नजाने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद भवन पुगेका अध्यक्ष यादवले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अर्लि इलेक्शनबारे आफूलाई केही थाहा नभएको पनि टिप्पणी गर्नुभएको छ ।
सोही क्रममा उनले वर्तमान सरकार पूरा अवधिसम्म रहने र संसदको अवधि समाप्त भएपछि मात्रै चुनाव हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘खोई मलाई त थाहा भएन अर्लि इलेक्शनमा जान्छ भनेर, मलाई थाहा भएको कुरा के हो भने पूरै अवधिसम्म यो सरकार रहन्छ । संसदको अवधि समाप्त भएपछि चुनाव हुन्छ।’ nagariknews.nagariknetworkबाट