एमसिसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू हुँदैन : मन्त्री झाक्री

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाक्रीले एमसिसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू नहुने बताउनुभएको छ । मन्त्री झाक्रीले अरू धेरै देशले सो सम्झौता स्वीकार गरेको स्मरण गराउँदै ती देशहरूले कुरा नबुझेको हो तरु भनि एमसिसीका आयोजकहरूलाई प्रश्न समेत गर्नुभयो।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले विश्वका आधि दुनियाँमा एमसिसी लागू हुँदा पनि हाम्रो देशमा भने सार्वभौमिकताको कुरा उठाएर चिन्तित भएको भन्दै आपत्ति जनाउनुभयो।सरकारले स्वीकार गरेर ल्याएको एमसिसी अनुदान सहायता भएको उल्लेख गर्दै उहाँले त्यसलाई मुलुकको सार्वभौमिकतासँग जोडेर हेर्न नहुने तर्क समेत दोहोर्‍याउनुभयो।

मन्त्री झाक्रीले भन्नुभयो, ‘एमसिसी सरकारले स्वीकार गरेर ल्याएको अनुदान हो, सहायता हो। यसलाई संसदमा डिबेट गरेर पास गरियो। अब हामीले गफ गरेजस्तै एमसिसी स्वीकार गर्दैमा अमेरिकन प्राधिकार यहाँ लागू हुने हो त ? त्यो हो भने त हामीभन्दा अर्को आधा दुनियाँ त हुन्छ भन्ने छ नि त। उनीहरूले के कुरा नबुझेको होरु हामीमात्रै सोभरेन्टीको लागि यति साह्रै चिन्तित भएको हो त ? त्यसो त नहोला।’

मन्त्री झाक्रीले एमसिसी संसदमा डिबेट भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहोर्‍याउनुभयो । उहाँले महिला हिंसा अन्त्यका लागि तय गरिएको कानुन, नीति र कार्यक्रममा पनि परिमार्जन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार