चुनावी तालमेलबारे बोल्ने बेला भएको छैन : खड्का

काठमाडौँ । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले चुनावमा तालमेल गर्नेरनगर्नेबारे बोल्ने बेला नभएको बताउनुभएको छ । स्थानीय तह निर्वाचन लक्षित एक महिने अभियानबारे जानकारी दिन बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति खड्काले पार्टीमा व्यापक छलफल गरेर मात्रै गठबन्धनको विषयमा टुंगोमा पुग्ने बताउनुभएको हो ।

उहाँले चुनावी गठबन्धनको विषयमा छलफल हुनुपर्ने बताउनुभयो ।‘गठबन्धन सरकार छ । गठबन्धनमा भएका पार्टीहरू अहिले पहिलो चरणमा हामी जनताको बीचमा जाँदैछौं। अहिले नै गठबन्धन गर्ने वा नगर्ने भन्ने अहिले छलफलकै विषय हो,’ उहाँले भन्नुभयो,‘गठबन्धनमा विषयमा निर्वाचन प्रक्रिया सुरु भएपछि पार्टीमा व्यापक क्षलफल गरेर टुंगोमा पुग्छौं । अहिले यो विषय अपरिपक्क विषय हो ।’

उपसभापति खड्काले गठबन्धनमा पार्टीले एउटा सहमति गरेर मात्रै गठबन्धनका बारेमा निर्णयमा पुग्ने प्रस्ट पार्नुभयो । गठबन्धनका विषयमा केन्द्रीय समिति बैठकपछि मात्रै टुंगो लाग्ने पनि उहाँको भनाइ थियो । कांग्रेसले यही फागुन २९ देखि चैत २९ सम्म चुनावी अभियान सुरु गर्दैछ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार