अहिलेको महँगी हाम्रो नियन्त्रणमा छैन : मन्त्री झाँक्री

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमार झाँक्रीले अहिले महँगी आफूहरुको नियन्त्रण बाहिर रहेको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले विश्व बजारमा आएको अर्थतन्त्र मन्दीका कारण महँगी नियन्त्रण नेपालको हातमा मात्र नरहेको बताउनुभएको हो।

‘आजको महँगी हाम्रो नियन्त्रणमा छैन । आज विश्व बजारमा आएको अर्थतन्त्रको मन्दीचैँ सायद रसिया–युक्रेनको युद्ध मात्र छैन । खाडी मुलुकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनु र भारतीय मुद्राको अवमुल्यन हुनु र त्यसको प्रभावमा नेपालले डलरको मूल्य अत्यधिक तिर्नु पर्ने चापको कारणले महँगी बढेको हो,’ उहाँले भन्नुभयो ।

निर्माण व्यवसायीको माग सम्बोधन गर्दै ऐन संशोध नगरिएको जानकारी दिनुभएको छ उहाँले बेलैमा आयोजना निर्माण सम्पन्न होस् भन्नका लागि अब एक निर्माण व्यवसायीलाई एकपटकमा पाँचवटा आयोजनामात्र दिने गरी कानुन संशोधनन गरिएको बताउनुभयो । नियन्त्रण बाहिरका माग राखेर ‘निर्माण व्यवसायी होली डे’ नमनाउन आग्रह गरेकी उनले निर्धारित समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाउन आग्रह गर्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार