
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधारबिना देशको विकास असम्भव रहेको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले देश विकासका लागि भौतिक पूर्वाधार निर्माणमा निर्णाण व्यवसायीको भूमिका रहन सक्ने बताउनुभएको हो ।
निर्माण व्यवासीका समस्या समाधान गर्न आफू तयार रहेको बताउँँदै उहाँले केही ऐनहरु संशोधन गरिएको जानकारी दिनुभयो । एमसीसीबाट आउने अनुदान रकम पनि नेपालको पूर्वाधार क्षेत्रमा खर्च गरिने जानकारी दिँदै प्रधानमन्त्री देउवाले यसमा टेन्डर हालेर पार्न आग्रह गर्नुभयो ।
‘एमसीसीका आयोजनाको ग्लोबल टेन्डर आह्वान हुन्छ । तपाईंहरु हाल्नुहोस् र पार्नुस्,’ व्यवसायीलाई प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘अरु देशका पनि आउँछन् । चीनका पनि आउन सक्छन् । तर, तपाईंहरु टेन्डर हाल्नुहोस् र पार्नुहोस् ।’ नागरिक खबरबाट