२०७९ सालको बिदा सार्वजनिक

काठमाडौं । संघीय सरकारले २०७९ सालको बिदा सार्वजनिक गरेको छ । शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा रहेको बिहीबार राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

वर्षभरिमा ५२ दिन शनिबार र ४३ दिनमध्ये ३३ दिन राष्ट्रिय बिदा र १० दिन सम्बन्धित क्षेत्रका कर्मचारीका लागि बिदा दिने गृह मन्त्रालयले जारी गरेको सूचनामा जनाइएको छ ।

दशैंमा ६ दिन बिदा दिइएको छ भने तिहारमा ४ दिन बिदा छ । मुलुक संघीय संरचनामा गएपछि संघ, प्रदेश र स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र थप बिदा दिन सक्ने व्यवस्था छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार