आगामी बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुन्छ : सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिनुभएको छ । संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव एक महिनापछि आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पेस गरिएको छ ।

बैठकमा सभामुख सापकोटाले आउँदो बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिनुभएको हो । ‘आगामी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुनेछ,’ सभामुख सापकोटाले बैठकमा भन्नुभयो। आइतबारको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

१ फागुनमा दर्ता गरिएको महाअभियोग प्रस्ताव पेस गर्दै उहाँले महाअभियोग प्रस्ताव पारित गर्न सघाउन सबै सांसदहरूलाई आग्रह गर्नुभयो । एक महिनाअघि १ फागुनमा देव गुरुङ, पुष्पा भुसाल र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक रहेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संसदमा दर्ता गरिएको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार