एमसीसी सम्झौता देशको हितमा छ : सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनु परेको बताउनुभएको छ ।

सोमबार काठमाडौँको मीनभवनमा आयोजित कांग्रेसको एक महिने ‘घरघर जाउँ कांग्रेस जिताऔँ’ अभियान अन्तर्गतको कार्यक्रममा नेता सिंहले न्यायलयको नेतृत्वको गरेको व्यक्ति असफल भएपछि न्यायालय सुधारका लागि महाभियोग लगाउनुपरेको बताउनुभयो ।

उहाँले एमसीसी मुलुकको हितविपरीत नरहेको धारणा पनि राख्नुभयो । कांग्रेस कार्यकर्ताले जनताको घरघरमा पुगेर एमसीसी, महाअभियोगका विषयमा फैलाएका अनावश्यक भ्रम बारे बुझाउनुपर्ने उहाँको भनाइ छ ।नेता सिंहले कांग्रेस मुलुक र जनताको हित सोच्ने पार्टी भएकाले अनावश्यक भ्रमको पछि नलाग्नसमेत आग्रह गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार