इतिहासको कालखण्ड मान्छेले बिर्सिन सक्छन् : डा. कोईराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शशांक कोईरालाले इतिहासको कालखण्डलाई सम्झाउन डकुमेण्ट्री अति उपयोगि भएको बताउनुभएको छ।

राजनेता वीपी कोइरालाको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेण्ट्री हेरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यो डकुमेण्ट्रीलाई हेरेर राजनीतिक व्यक्तित्वहरुले नेपालको भविष्य कतातिर जाँदैछ भन्ने कुरा बताउन सक्ने जिकिर गर्नुभयो । नेता कोईरालाले यो हरेक नेपालीले हेर्नुपर्ने डकुमेण्ट्री भएको बताउनुभयो।

नेता कोईरालाले भन्नुभयो, ‘यो इतिहासको त्यो कालखण्ड हो जुन मान्छेहरुले बिर्सिन सक्छन्। यसलाई एउटा डकुमेण्ट्रीको हिसाबले जुन पस्तुत भएको छ, यो अत्यन्त राम्रो छ। इतिहासलाई व्यक्तिहरुमा पेस गर्नुपर्ने अवस्था सिर्जना हुन्छन्। नत्र यो इतिहास हराएर जान्छ । नेपालको राजनीतिमा, वर्तमान परिस्थितिमा हामीले बितेका दिनहरुलाई हेरेर भविष्यमा हामी यो पनि भन्न सक्छौँ कि, हाम्रो दिशा ठिक हो कि होइन रु मेरो लागि त्यो अत्यन्त राम्रो हो। यो हरेक नेपालीले हेर्नुपर्ने डकुमेण्ट्री हो।’ nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार