भूमिहीन भूमिपति भएपछि नेता नै भ्रम फैलाउन सक्रिय : अध्यक्ष तिमिल्सिना

चितवन । राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भूमिहीन तथा सुकुम्वासीहरूले अब लालपुर्जा पाउने विषयमा भ्रम फैलाउने काम भएको बताउनुभएको छ । ‘यो २२ औँ आयोग हो, यसभन्दा अगाडी २१ वटा आयोग थिए, खाली काम भन्दा गफ भए‘,उहाँले भन्नुभयो, ‘अहिले यो शक्तिशाली आयोग हो, भूमिहीनलाई भूमिपति बनाउन झनझटीला प्रक्रिया हटाउँदै ठाउँको ठाउँ निस्सा र नाप जाँच सुरु भएपछि केहि अत्तालिएका छन् ।’

पूर्वी चितवनको रत्ननगर र खैरहनीका स्थानीयहरूसँग छलफल तथा भेटघाटको क्रममा बोल्दै उहाँले भूमिहीन अब भूमिपति भएर आफ्नो भ्रमको खेती रोकिने डरले भ्रम फैलाउने अभियानमा केही दलालहरू सक्रिय बनेका स्पष्ट पार्नुभयो।‘हिजो दुई तिहाइ सरकार हुँदा, ३ वर्ष सम्म माखो नमार्ने,’ उहाँले भन्नुभयो, ‘अनि अहिले अब सुकुम्वासीहरूले जग्गा पाउने भए भनेपछि नक्कली लालपुर्जा हो भन्दै भ्रम फैलाउने, यो कस्तो राजनीति हो ? ’काम गरे त नतिजा आउने भन्दै उहाँले बोलेर भन्दा पनि आफू फिल्डमा नै आएर कामबाट जनतालाई स्पष्ट पारेको समेत बताउनुभयो ।

उहाँले भूमिहीनहरूलाई जग्गा मालिक बनाउन अब कसैले रोक्न नसक्ने भन्दै भ्रम फैलाउनेकोपछि नलाग्न आग्रह पनि गर्नुभयो ।‘लामो समयको प्रतीक्षापछि भूमिहीनहरू भूमिको मालिका बन्दैछन् ’ उहाँले भन्नुभयो, ‘यहाँ निस्सामा आयोग छाप खोइ, सही खोइ ? यो नक्कली हो भनेर भ्रम फैलाएका छन् ।’उहाँले अहिले आयोगले वडा हुँदै सबै प्रक्रियामा स्थानीय सरकार मार्फत प्रक्रिया ढंगबाट गरेर आयोग लालपुर्जा बाँड्ने स्पष्ट पार्नुभयो । अध्यक्ष तिमिल्सिनाले अब भूमिहीन तथा सुकुम्वासीलाई भोट बैँक बनाउन नपाउने डरले भ्रम फैलाउन केहि नेताहरू भन्ने नै सक्रिय भएको भन्दै यस्ता व्यक्तिहरू विरुद्ध कडा प्रतिवाद गर्न आग्रह पनि गर्नुभयो । भूमिहीनहरूलाई जग्गा प्राप्तिका लागि जोकोहीले पनि भ्रम फैलाए अब आफू जनतासँगसँगै कडा आन्दोलन उत्रिने तिमिल्सिनाले चेतावनी दिनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार