काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल आजबाट भारतको जमसेदपुरमा सुरु हुँदैछ । यू–१८ महिला साफको उद्घाटन खेलमा नेपालले आयोजक भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल आज बेलुका ७ः१५ बजे सुरु हुनेछ ।
नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन ।नेपाली टोलीका मुख्य प्रशिक्षक दर्शन भक्तराजलवटले घरेलु टोलीविरुद्ध खेल्न कठिन हुने बताउछन् ।‘घरेलु टोलीसँग खेल्न सधैं गाह्रो हुन्छ तर हामी आफ्नो उत्कृष्ट खेल्ने छौं । परिस्थिति अनुसार खेल्ने छौँ ।’ प्रशिक्षक दर्शनले भन्नुभयो ।
भारत पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।त्यस्तै नेपालले दोस्रो खेलमा मार्च १७ मा बंगलादेशको सामना गर्नेछ । मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।शीर्ष टोलीले उपाधि जित्नेछ । नागरिक खबरबाट