दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७ अंकले घटेको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक दोहोरो अंकले घट्दै २६ सय ५० अंकमा आएर रोकिएको हो । यसक्रममा आज नेप्सेमा ६५ लाख २९ हजार कित्ता सेयर किनबेच भइ ३ अर्ब ३६ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै, कारोबार भएका १३ मध्ये ४ समूह बढेका छन् । जीवन बीमा समूह १०२ अंक, होटल एण्ड टुरिजम ९७.७, निर्जीवन बीमा समूह ६७ अंक र म्युचुअल फण्ड समूहमा ०.०९ अंकको वृद्धि आएको छ । यीबाहेक, उत्पादनमूलक समूह १०४ अंकले घटेको छ भने जलविद्युत समूह ४५ अंकले घटेको छ ।

यस्तै, अन्य समूह ३५ अंकले घट्दा लघुवित्त समूह ३९ अंकले घटेको छ । यसका साथै, व्यापार समूहमा समेत २७ अंकको गिरावट आउँदा बैंकिङ समूह ११ अंकले घटेको छ । बजार दोहोरो अंकले घटेपनि इमर्जिङ नेपालको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार