
सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेको छ ।
दलका नेता महेन्द्रबहादुर शाहीले आज प्रेस नोट जारी गर्दै विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको जानकारी दिनुभएको हो ।
विष्ट नेकपा एमाले प्रवेश गर्ने तयारीमा हुनुहुन्छ । उहाँले यसअघि नै पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो । उहाँलाई चैत ३ गते बसेको प्रदेशसभा दलको बैठकले राजीनामा फिर्ता लिएर नियमित काममा क्रियाशील हुन निर्देशन दिएको थियो । तर त्यो निर्देशन अवज्ञा गरेको भन्दै उहाँलाई दलको सदस्यबाट निलम्बन गरिएको शाहीले जारी गरेको प्रेस नोटमा उल्लेख छ । अनलाइनखबरबाट