
इलाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने बताउनुभएको छ ।
इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गर्नुभयो । स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमालेमय हुने उहाँले बताउनुभयो । जनताको बीचमा एमालेलाई कसैले पनि ढाल्न नसक्ने उहाँको भनाइ छ । नागरिक खबरबाट