
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २५ मा काठमाडौंको खुलामञ्चमा शक्ति प्रदर्शन गर्ने भएको छ । पार्टीको बागमती प्रदेश समितिको आयोजनामा खुलामञ्चमा आमसभा गरिने प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । यो आमसभालाई राप्रपाले शक्ति प्रदर्शनका रूपमा लिएको उहाँले बताउनुभयो ।
कार्यक्रम तयारीका लागि प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा पाँच सय ५५ सदस्यीय आयोजक समितिसमेत गठन भइसकेको उहाँले बताउनुभयो। आमसभालाई व्यवस्थित र प्रभावकारी बनाउन उपसमितिहरू पनि गठन गरिएको उहाँले बताउनुभयो ।
उपाध्यक्षहरु ध्रुबबहादुर प्रधान, रोशन कार्की र हेमजङ्ग गुरुङको उपस्थितिमा आइतबार मुल समितिको पहिलो तयारी बैठक बसेको थियो। बैठकले काठमाडौंमा हुने सभालाई विशाल बनाउन आवश्यक तयारी गर्ने भएको छ । राप्रपा महाधिवेशनबाट राजेन्द्र लिङदेन अध्यक्ष चुनिएपछि उहाँ देशका विभिन्न ठाउँका सभाहरूमा पुगिरहनुभएको छ । सेतोपाटीबाट