एमाले रौतहटमा विवाद : प्रभु साहसँगको झगडा केन्द्रीय कमिटीमा

काठमाडौँ । नेकपा एमाले रौतहटको झगडा केन्द्रीय कमिटीमा प्रवेश गरेको छ । एमाले केन्द्रीय सदस्य रेखाकुमारी झाले पार्टी नेता प्रभु साहविरुद्ध उजुरी दिएपछि एमाले रौतहटको विवाद केन्द्रीय कमिटीमा प्रवेश गरेको हो । नेतृ झाले बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा साहविरुद्ध उजुरी दिनुभएको हो ।

प्रतिनिधिसभा सदस्य समेत रहेकी झाले प्रभु साहमाथि गृहजिल्ला रौतहटमा मनोमानी ढंगले जिल्ला अधिवेशन गरेको र पाँच पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थलमा लगेर सपथ खुवाइएको आरोप लगाउनुभएको हो । नेतृ झाले एमाले रौतहटको जिल्ला अधिवेशन पुन गर्नुपर्ने माग समेत गर्नुभएको छ ।

झाले बैठकमा पेश गरेको असहमति पत्रमा भन्नुभएको छ : ‘ रौतहट जिल्ला अधिवेशन हल सम्पूर्णले गरेको विरोध र असहमतिका बाबजुद हलले अनुमोदन नै नगरेका पाँचजना पदाधिकारीलाई मध्यरातमा नेता प्रभु साहको नेतृत्वमा अज्ञात स्थलमा लगि सपथ खुवाइएको कार्यको घोर निन्दा गर्दै तमाम इमान्दार योद्धा कमरेडहरूको उच्च आत्मबललाई निराशामा परिणत नगरी दिनुहुन केन्द्रीय अध्यक्ष कमरेडलाई आग्रह गर्न चाहान्छु ।’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार