काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ ।चिनियाँ विदेशमन्त्री यीले होटल मेरियटमा माओवादी अध्यक्ष प्रचण्डसहितको टोलीसँग भेटवार्ता गर्नुभएको हो ।
त्यसक्रममा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, प्रचण्डका स्वकीय सचिव गंगा दाहाललगायत नेताहरु उपस्थित हुनुहुन्छ । तीनदिने भ्रमणमा क्रममा गएको शुक्रबार नेपाल आउनुभएका यी आजै स्वदेश फर्कने तालिका छ । nagarikkhabar