मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालले मलेसियाविरुद्ध केही बेरमा बलिङ थाल्नेछ । आजको खेलमा दिलिप नाथले डेब्यू गरेका छन् ।

उनी लोकेश बमको स्थानमा आएका हुन् । सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको नेपाल आफ्नो दोस्रो खेलमा मलेसियासँग खेल्न लागेको हो । पहिलो खेलमा सहज जित निकालेको नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ ।

यता पहिलो खेलमा पीएनजीमाथि सहज जित निकालेको मलेसिया नेपाललाई हराउँदै फाइनलका लागि आफूलाई दाबेदारी प्रस्तुत गर्ने योजनामा छ । नेपाल र मलेसियाबीचको इतिहास हेर्दा नेपाल बलियो छ । पछिल्ला चार खेलको नतिजा हेर्दा नेपाल मलेसियामाथि हाबी छ ।

नेपाली टोली :
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, करण केसी, आबिनास बोहोरा, दिलिप नाथ, कुशल मल्ल, रोहित कुमार पौड्याल
रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार